दार्जीलिङ,20
जुन(निसं): ऋणमा रुपियाँ लगेको झमेला लिएर आक्रोसित बनेर ऋण लिने महिलामाथी प्राण घातक हमला गरेको आरोप पक्राउ परेकी 53 वर्षीय कल्पना शर्मालाई दार्जीलिङ जिल्ला अदालतको सत्र अदालतमा दोषी प्रमाण भएपछी कल्पना शर्मालाई सत्र अदालत न्यायाधीश जिमुद बाहन विश्वासले दण्ड धारा 307 अन्तर्गत 7 वर्षको सश्रम कारावासको साथै 10 हजार रुपियाँको जरीमाना अनि यदि जरीमानाको 10 हजार रुपियाँ भुक्तान नगरे उनीमाथी थप तीन महिनाको हुने सजाय सुनाएको दार्जीलिङ अदालत सरकारी वकिल प्रणय राईले जानकारी दिएका छन्। सरकारी वकिल राईले बताए अनुसार, दार्जीलिङको अमर ग्राम निवासी दोषी कल्पना शर्माले ऋण दिने गर्थी, उनीबाट आउँका सुषमा छेत्री मुखियाले एक लाख रुपियाँ लगेकि थिइन्। सुष्माले ऋण फर्काउन नसकेर त्यो एक लाख रुपियाँ बडेर 2 लाख 80 हजार रुपियाँ पुगेको थियो। यस ऋण सम्बन्धमा ऋण दिने कल्पना शर्मा अनि ऋण लाने सुष्मा छेत्री मुखिया माझ झमेला भइरहने अनि दोषी कल्पनाले सुष्मालाई धम्काउने र उनले साथ सानो हतियार पनि बोक्ने गर्थिन्। कल्पना शर्माले थानामा पनि यसबारे प्राथामिकी दर्ता गरेका थिए। यस्तै समय कल्पनाले सुष्मामाथी प्राण घातक हमला गरेकी थिइन्,हमलामा सुष्मा घाइते भएर दार्जीलिङ जिल्ला अस्पतालमा उपचार गरेर छुट्टी पनि भएको थियो। राईले अझ बताए अनुसार, यश मुद्दाको लगभग 11 महिना छानबिन भएपछी कल्पनालाई दोषी मान्दै कारावास सजाय सुनाइयो। यसप्रकारको भारतीय दण्ड ऐनको 307 धारा अन्तर्गत कारावासको सजाय जिल्ला अदालतबाट प्रथम चोटि सुनुवाइ भएको हो।
प्राण घातक हमला गर्ने कल्पनालाई 7 वर्षको कारावास सजाय
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025