खरसाङ 24 जून (मोहन प्रसाद):अ सोमवार बेलुकीदेखि लगातार रूपमा परिरहेको भारी वर्षाको कारण खरसाङ समेत दार्जीलिङ पहाड़को विभिन्न स्थानहरूमा जन-जीवन अस्त-व्यस्त भएको छ भने पहाड़को कतिपय ठाउँमा सामान्य ढिस्काना झरेको वा सामान्य पहिरो गएको खबर पनि रहेको छ। यस अवधि खरसाङ महकुमा अन्तर्गत लङ्भ्यू चिया बगान क्षेत्रको चिलाउने धुरा नजिक थलिपाखाको पंखाबारी रोडमा एउटा सानो पहिरो गएको छ। अविरल वर्षाले सड़कमाथिको जमिन धस्किएर सड़मा आएको थियो । फलस्वरुप, उक्त पहिरोको हिलो वा माटोको थुप्रोले आधा बाटो ढाकिदिएको थियो, जसले गर्दा उक्त ठाउँमा आज दिन भरिनै वान-वे अर्थात् एक तर्फ यातायात वा वाहनको चलाचल रह्यो। यस बाहेक मंगलवार बिहान भएको भारी वर्षको कारण विद्यालय जाने बाल-बालिका, विद्यार्थीहरू साथै अन्य सबै वर्गका मानिसहरूले धेरै असुविधा भोग्नु परेको थियो। लगातार रूपमा भइरहेको वर्षाले जनमानसले धेरै असुविधा भोग्नु परेको थियो । सधैंको तुलनामा मगंलवार खरसाङ बजार क्षेत्रमा मानिसहरूको धेरै कम आउ-जाउ थियो । यद्यपि, हिजदेखि भारी वर्षा भए पनि कसैको ज्यान-माल वा कुनै ठूलो पहिरोको घटनाको खबर अहिलेसम्म प्राप्त भएको छैन। खरसाङ ट्राफिक पुलिस प्रभारी वीरेन्द्र छेत्रीले जनाए अनुसार, हिज रातिदेखि भारी वर्षा भए पनि खरसाङ क्षेत्रमा सबै मार्गहरू सुचारू रूपमा चलिरहेको छ। यद्यपि लङ्भ्यू चिया बगान नजिक चिलाउने धुर नजिक थलिपाखामा पंखाबारी रोडमा मंगलवार बिहानी एउटा पहिरो गएको थियो, जसमा सड़कको केही भागमा माटो ढुंगा-माटो थुप्रिएकोले सड़कको त्यस स्थानमा वान वे अन्तर्गत ट्राफिकको आउ जाउ रह्यो । यसको जानकारी ट्राफिक पुलिसद्वारा सम्बन्धितहरूलाई गराएपछि, खरसाङ महकुमा शासक साथै खरसाङ खण्ड विभागका सम्बन्धित अधिकारीहरू निरीक्षण गर्न घटना स्थलमा पुगे। सड़क छेउ थुप्रिएको उक्त पहिरोको माटोलाई हटाउने अनि सफा गर्ने कार्य पनि गरियो। अविरल वर्षाको समयमा सधैँ सुकेको खोला बनिसकेको धोबी खोलामा पनि ठूलो मूस्लो पानी बगेको थियो। सोही अनुरूप, दिउँसोदेखि पंखाबारी मार्गमा पूर्णरूपमा यातायात बहाली भयो । ज्ञात रहोस् पंखाबारी रोडको यस स्थान थलिपाखा अनि सातघुम्तीमा प्रत्येक वर्ष वर्षाकालमा पहिरो जाने गर्छ। यी स्थानहरूमा गएको पहिरोले यस रोडमा यातायत बाधित हुने गर्छ। यो रोडमा पहिरो गएको समय यातायत सुचारु गराउनको निम्ति हालैमा निर्माण गरिएको मकैबारी चिया बगानको कोदोबारीबाट सातघुम्ती बस्ती, दुर्वीन डाँड़ा, बरबोटे हुँदै केराबारीको साई मन्दिरमा निस्कने रोडलाई वैकल्पिक मार्गको रुपमा तयार राख्न आवश्यक रहेको धेरै मानिसहरूको सुझाउ अनि माग छ। 
अविरल वर्षाको कारण जन-जीवन अस्त-व्यस्त पंखाबारी रोडमा सामान्य पहिरो
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025