कालेबुङ, १८ जून: कालेबुङ जिल्लामा पछिल्लो समय बढ्दो मन्दिर र गुम्बाहरूमा हुने चोरी घटनामा संलग्न रहेको आरोपमा सिक्किमको गान्तोक निवासी किरण दर्जीलाई कालेबुङ जिल्ला पुलिसले पक्राउ गरेको छ। तिनलाई सिलगढ़ीको पानी ट्याङ्की क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउपछि पत्रकार सम्मेलनमा डीवाईएसपी हेडक्वार्टर भानु राईले विस्तृत जानकारी दिँदै बताएअनुसार दर्जीविरुद्ध कालेबुङ जिल्लाभरिका मन्दिर र गुम्बा मिलाएर छवटा चोरीका घटनासित सम्बन्धित मुद्दाहरू दर्ता भएका छन्। तिनले बताएअनुसार केही समयदेखि जिल्लाभरि धार्मिक स्थलहरूमा चोरीका घटना बढिरहेका थिए जसमाथि पुलिसको जाँच
चलिरहेको थियो।
राईअनुसार हनुमान मन्दिर, पागङ गुम्बा, सिङजी गुम्बा, किर्ने मन्दिर, ६ माइलको नाग मन्दिर, १६ माइलको शिवालय र शेर्पा गुम्बाहरूमा पहिले नै चोरी भइसकेको थियो। चोरी जाँचका क्रममा सीसीटीभी फूटेज विश्लेषण गर्दा सिक्किम नम्बर प्लेट भएको एक अल्टो कार प्रयोग गरिएको प्रमाण भेट्टाइयो। उक्त गाड़ीको माध्यमबाट जाँचलाई अघि बढाउँदा किरण दर्जीको फोन नम्बर ट्रेस गरी निगरानी बढ़ाइएको तिनले जनाएका छन्। पुलिसले नाका चेकिङ्ग कठोर गरे पछि एक समय संलग्न व्यक्तिहरूको जम्काभेट भएको थियो। तर नगरकट्टाको नाकामा राखिएको पुलिस भ्यानलाई ठक्कर दिई
ती व्यक्तिहरू भाग्न सफल भए। पछि जब तिनीहरू मालबजारतर्फ भागिरहेका थिए त्यस क्रममा तिनीहरू सवार अल्टो कार अनियन्त्रित भएर पल्टियो। गाड़ी छोडेर तिनीहरूले त्यहाँबाट सुइँकुच्चा ठोके। उक्त वाहनलाई मालबजार थाना पुलिसले नियन्त्रणमा लियो।
त्यसैबीच फोन सिम कार्ड ट्रेसिङ प्रविधिको प्रयोग गरेर मुख्य आरोपी किरण दर्जीलाई अन्ततः पक्राउ गरिएको छ। यस घटनामा थप संलग्नता र चोरीमा प्रयोग गरिएका सामग्रीहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
मन्दिर र गुम्बामा चोरी गर्ने समूह उदाङ्गो मुख्य आरोपी पक्राउ
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025