खरसाङ,22 जून(निसं):अ खरसाङ एथलेटिक क्लबका सदस्यहरूले अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा 8 किलो मिटर खुल्ला योगा म्यारथन दौढ़मा अंशग्रहण गरेका छन्। उक्त खुल्ला योगा म्यारथन दौढ़ ग्रमीण युथ स्पोर्ट्स डेभलपमेन्ट अकादामी, खोरीबारीले आयोजना गरेको थियो। खरसाङ एथलेटिक क्लबका अध्यक्ष दिपेन खवास, सचिव सन्दीप तामाङ, कोषाध्यक्ष कपील सुब्बा, वरिष्ठ सदस्य सञ्जय छेत्री, अर्का वरिष्ठ सदस्य 66 वर्षीय भूषण देवालले उक्त म्यारथन दौढ़मा अंशग्रहण गरेका थिए। सञ्जय छेत्रीले दिएका जानकारी अनुसार अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा स्वस्थ्य अनुशासन र शारीरिक सक्षमताको निम्ति उक्त खुल्ला म्याथन दौढ़को आयोजना गरिएको थियो। म्यारथन दौढ़मा खरसाङ एथलेटिक क्लबलाई अगावै निमन्त्रण प्राप्त भएकोले क्लबका सदस्यह
रू सहभागिता जनाउनको निम्ति खोरीबारी पुगेका हुन्। छेत्रीले खरसाङ एथलेटिक क्लबले यसरी विभिन्न दौढ़ र प्रतियोगिताहरूमा अंशग्रहण गर्नको साथै खेलकुदलाई खरसाङ क्षेत्रमा अघि बड़ाउनको निम्ति कार्य गरिरहेको पनि बताएका छन्।
खुल्ला म्यारथनमा खरसाङ एथलेटिक क्लबका 66 वर्षीय सदस्यले अंशग्रहण गरे
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025