पंखाबारी,24 जून(निसं):अ मकैबारी चियाबगान अन्तर्गत कैलापानीका एघार घर पेह्रो पीड़ितहरू अस्थायी त्राण शिविरमा बस्न थालेका छन्। मकैबारी चियाबगान अन्तर्गत माथिल्लो कैलापानीका एघार घरलाई गाउँदेखि माथिबाट आएको पैह्रोले गत वर्षदेखि नै जोखिममा पारेको थियो। यसलाई लिएर पीड़ित परिवारले तिनीहरूको पुनर्वासको निम्ति सुरक्षित स्थानमा सारिदिने आग्रह गर्दै चिया बगानपक्ष लगायत पञ्चायत कार्यालय आदितिर आग्रह गरेका थिए। यसैबीच गत केही दिन अघि जीटीए प्रमुख अनित थापा कैलापानी आएको समय पैह्रोको वस्तुस्थितिलाई बुझेपछि यस विषयमा आवश्यक पाइला चाल्ने तथा पीड़तहरूको पुनर्वासको निम्ति कार्य गरिदिने वचन दिएपछि उनकै नेतृत्वमा खरसाङको गिद्ध पहाड़स्थित जीटीए सचिवालयमा एउटा बैठक पनि बसिएको थियो। त्यसपछि जीटीए प्रमुख कार्यपाल लगायत खरसाङ खण्ड विकास, पाण्डु ग्राम पञ्चायत प्रधान लगायत विभागीय अधिकारीहरू तथा मकैबारी चिया बगान अधिनस्थ लक्ष्मी टी कम्पनीका सम्बन्धित निर्देशक, प्रमुखहरू, महाप्रबन्धक, प्रबन्धकगण सबैको पहलमा पीड़ितहरूको निम्ति घर बनाउन सुरक्षित स्थानको छनोट भएर जग्गा दिइए तापनि हाल धेरै पानी परिरहेको घर बनाउन असम्भव भएपछि तथा उता घरिघरि पैह्रो जान थालेपछि ती एघार घरलाई एउटा अस्थायी शिविर बनाएर त्यहाँ राख्न थालिएको छ। यस अस्थायी शिविर बनाउन पाण्डु ग्राम पञ्चायत मार्फत खरसाङ खण्ड विकास कार्यालयबाट तारपोलिन प्रदान गरियो भने शिविर निर्माण गर्न बगान पक्षबाट अनि सेवा परिवार अप्पर कैलापानी ग्राम सुधार समाजले धेरै सहयोग प्रदान गरेकोशछ। यसको निम्ति एघार घर पीड़ित परिवारले सहयोगी सबैप्रति आभार प्रकट गरेका छन्। अब आगामी चाँड़ै पीड़ितहरूको निम्ति घर बनाउने जग्गा आवण्टित गरिने छ भने यस कार्यमा स्वयं जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत सम्बन्धित सबै अधिकारी अनि बगान कर्तृपक्षलाई बोलाइने निर्णय लिएको पनि जानकारी प्राप्त भएको छ।
कैलापानीका एघार पेह्रो पीड़ितहरू त्राण शिविरमा
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025