दार्जीलिङ, (निस):
शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउने सोच लिएर अघि बढिरहेको दार्जीलिङ नगरपालिकाले शहरी क्षेत्र तथा नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने अवैध दखल तथा निर्माण कार्यविरुद्ध कारवाही गर्दै आइरहेको छ। यसै क्रममा यहाँको मेरीभिल्लानजिक निम्की डाँड़ा परिसरमा राष्ट्रिय राजमार्गलाई बाधा पुऱ्याउने अवैध निर्माण ढाँचाहरू दार्जीलिङ नगरपालिकाले तोड्ने अभियान आरम्भ गरेको छ। विशेष गरी फूटपाथ अनि नाला झोड़ामाथि बनाइएको अवैध निर्माण कार्यमाथि पहिलेदेखि नै नगरपालिकाले बुल्डोजर चलाउँदै आइरहेको छ भने अब राष्ट्रिय राजमार्गलाई बाधा पुऱ्याउने गरी बनाइएको अवैध निर्माणमाथि नगरपालिकाले ध्यान केन्द्रित गरिरहेको छ। दार्जीलिङ शहरदेखि घूमसम्म नियालेर हेर्दा राष्ट्रिय राजमार्गको सिमाना ओगटेर कतिले अवैध निर्माण कार्य गरेका देख्न पाइन्छ। कतिले सड़क मिचेर घरको ढाँचा तयार गरेको हुँदा नगरपालिकाले यस्ता निर्माणमाथि पनि ध्यान दिएर कारवाही गरोस् भन्ने सचेत जमातको भनाइ छ
अवैध निर्माणमाथि दार्जीलिङ नगरपालिकाको कारवाही
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025