डुवर्स अलिपुरद्वार जिल्ला अन्तर्गत दलसिंहपाडाको डुवर्स हेरिटेज होटेलमा अखिल भारतीय मगर संघको स्थापना दिवस शनिबार आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता बरिष्ठ साहित्यकार डा. जीवन राणाले गरेका थिए। मुख्य अतिथिको रुपमा आसामबाट नन्दलाल राणा उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरूमा संघकी संरक्षिका श्रीमती अमृता राणा, गणेश आले, प्रभात थापा, दलसिंहपाडा ग्राम पञ्चायत समितिकी प्रधान माया आले, उप प्रधान दिलीप थापा, शान्ति राणा, उत्तम थापा, शरण मगर, सर्बिन थापा आदि उपस्थित रहेका थिए। उक्त कार्यक्रममा स्वागत वक्तव्य अनिल थापाले अनि प्रतिवेदन मेघराज थापाले प्रस्तुत गरेका थिए।
अध्यक्ष जीवन राणाले स्थापना कालदेखि हालसम्म भएको विभिन्न कार्यक्रमहरूमा छिमेकी राज्यहरूबाट पनि उपस्थितिको सहयोग रहेको बताए। उनले मगर बोर्डबाट एक पैसा पनि नलिएको सबैमा सार्वजनिक गरे। उक्त कार्यक्रमको सञ्चालन स्वगन थापा र योगेश थापाले गरेका थिए।
मगर संघको स्थापना दिवस आयोजित
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025