सोनादा ,24 जून(निसं)ःअ सिक्किम विश्वविद्यालयका प्राध्यापक तथा प्रोजेक्ट लाइफका संस्थापक डा. सुदर्शन तामाङले केरलाको त्रिशूरमा आयोजित टेड्स पुनकुनाम थ्रिसुर कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित भई मन्तव्य दिएका छन्। विश्व प्रसिद्ध टेड्स कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रममा उनले जटिल र छिटो बदलिँदो विश्वमा युवाहरूलाई कसरी भविष्यका लागि तयार पार्ने भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरे। उनले जलवायु परिवर्तन, युद्ध, प्रविधिमा तीव्र परिवर्तन, र रोजगारीमा आउने नयाँ चुनौतीहरूको चर्चा गर्दै, भविष्यप्रतिको तयारीमा शिक्षा र मूल्यहरूको महत्त्वबारे गहिरो सन्देश दिएका थिए। डा. तामाङले स्थापना गरेको प्रोजेक्ट लाइफ हाल दार्जिलिङ, सिक्किम, कालेबुङ तथा उत्तर बंगालका पहाड़ी क्षेत्रमा सक्रिय छ। स्वास्थ्य र सामूहिक शारीरिक गतिविधिका माध्यमबाट समुदायलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने यो अभियानले युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म धावन प्रतियोगितामा समेत पुग्न सफल बनाइरहेको छ। उनको यो उपलब्धिप्रति प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाले भने, यो हाम्रो सम्पूर्ण पहाड़ी समाजका लागि गर्वको क्षण हो। डा. तामाङले देखाइदिएका छन् कि दुर्गम गाउँबाट पनि विश्व मञ्चमा पुग्न सकिन्छ। यो हाम्रो युवा पुस्तालाई थप प्रेरणा दिनेछ।कार्यक्रमको अन्त्यमा डा तामाङले यो मन्तव्य आफ्ना विद्यार्थी र हिमाली क्षेत्रका युवाहरूलाई समर्पण गर्दै भने, यो सन्देश सबै ती सपना देख्ने युवाहरूका लागि हो, जो आफूलाई विश्वास गर्न डराउँदैनन्।
प्रोजेक्ट लाइफका संस्थापक डा. सुदर्शन तामाङ केरलाको कार्यक्रममा प्रमुख वक्ताको रुपमा
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025