खरसाङ,21 जून (मोहन प्रसाद): खरसाङ स्थित अम्बोटे चिया बगानबाट वन विभागको खरसाङ रेञ्जका वनकर्मीहरूद्वारा शुक्रवार बेलुकी लगभग 10 फीट लामो किङ कोब्रा उद्धार गरिएको छ। खरसाङ वन विभागका खरसाङ रेञ्ज अधिकारी सम्ब्रत साधुले जनाए अनुसार शुक्रवार अमबोटे चिया बगानको एउटा घरमा किङ कोब्रा देखिएको खबर पाए पछि लगत्तै वन विभाग खरसाङ रेञ्जका वनकर्मीहरू रोशन थापा अनि सुयोक प्रधान घटना स्थलमा पुगे। घटना स्थलमा पुगेर यी वनकर्मीहरूले लगभग 10 फीट लामो किङ कोब्रालाई सफलता पूर्वक उद्धार गरे । उक्त विशाल किङ कोब्रा गाउँमा देखा परेपछि स्थानीय मानिसहरू भयभीत बनेका थिए। वन कर्मीहरूद्वारा उक्त कोबरालाई उद्धार गरेपछि स्थानीयहरूले राहत सास फेरेका छन्। उद्धार गरिएको कोब्रालाई पछि एउटा जंगलमा सुरक्षित छोडिएको छ। साधुले थप जनाए अनुसार, खरसाङ रेञ्ज अन्तर्गत एक महिना भित्रमा यो तेस्रो पल्ट विशाल किङ कोबरा उद्धार गरिएको हो। एक वर्ष भित्रमा 10 वटा यस्ता विभिन्न किङ कोब्रा खरसाङ रेञ्जको विभिन्न स्थानबाट उद्धार गरिएको छ। तिनले यो पनि जनाए कि जुन प्रकारले जलवायु परिवर्तन भइरहेको छ, मधेश क्षेत्रमा वर्तमानमा अधिक गरम भइरहेको छ। यसैले किङ कोब्राहरू मधेशबाट पहाड़तिर आइरहेका छन्। तिनले कुनै पनि स्थानमा किङ कोब्रा देखिएको खण्डमा भय
भीत नहुने, सचेत रहने अनि यसको जानकारी तुरुन्तै वन विभागलाई दिने पनि अपिल गरेका छन्।
खरसाङ रेञ्चबाट एक महिना भित्रमा तीनवटा किङ कोब्रा उद्धार
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025