दार्जीलिङ, 20 जुन(निसं): साहित्य अकादमी दिल्लीले यस बर्षको साहित्य अकादमी युवा पुरस्कार रिम्बिक क्षेत्रका कवि सुवास ठकुरीलाई प्रदान गरिने भएको समाचारले क्षेत्रमा उत्साह छाएको छ। रिम्बिक- लोधोमा समष्टिका सभासद नोर्देन शेर्पाले एक प्रेस बिज्ञप्ति जारी गर्दै पुरस्कार प्रापकलाई बधाई दिएका छन्। उनले आफ्नो विज्ञप्तिमा समाचारले आफू हर्षित बनेको उल्लेख गरेका छन्। उनले भनेका छन् , कवि सुवास ठकुरीले भारतमा साहित्यको सर्वोच्च पुरस्कार पाएको समाचारले गदगद बनेको छु। रिम्बिक क्षेत्र कृषिको निम्ति मात्रै होइन अब साहित्य सृजनाको क्षेत्रमा पनि उर्वर बन्दै आएको छ। शेर्पाले सुवासको साहित्यप्रतिको रुचि अनि समर्पणलाई सम्मान गर्दै युवा पिढीले यसरी नि:स्वार्थ साहित्यको सेवा गर्न तत्पर बन्न उत्साहित गरेको बताएका छन्। शेर्पाले रिम्बिक क्षेत्रमा साहित्य फस्टाउनु भनेको समाज अग्रगामी बन्नु हो भन्दै स्वतन्त्र साहित्य लेखनलाई आफुले सदैव प्रेरित गरेको बताएका छन्। उनले साहित्यले समाज अनि राजनीतिलाई दिशानिर्देश गर्नपर्ने मन्तव्य पोख्दै ठकुरीको जूनको आशु- कविता संग्रह बलियो किताब रहेको बताए। यो उपलब्धि केवल सुवास ठकुरीको मात्रै होइन तर सम्पुर्ण रिम्बिकवासीको हो भन्दै सम्पूर्ण रिम्बिकवासीलाई गर्व गर्ने मौका सुवासले प्रदान गरेको बताए। यसका साथै शेर्पाले सुवासको कलम निरन्तर चलिरहोस भनी कामना समेत गरेका छन्।
सुवासको अकादमी विजयमा रिम्बिक क्षेत्र हर्षोलास
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025