पानीघट्टा, : ( निसं) रोड नै चुडिए पछि स्कुटी बाईक साथै दिनहुँ आउजाउ गर्ने गाडीहरू अहिले धेरै लामो रोड बेलगाछी भएर कुद्नु पर्ने बाध्यता बनेको छ। गत बुधबार परेको अविरल बर्षाको कारणले कटहरेदेखि खोप्रेल साथै भारत नेपाल सीमावर्ती क्षेत्र लोहागढसम्म जोडिएको रोड मंन्जा खोलाले आधा भाग नै बगाएर लगिदिएको छ। बुधबार पानी संग संगै मंन्जा खोलाको जलस्तर बडेर रोड को आधा भाग नै बगाएर लगेको स्थानीय मानिसहरू बताउँछन्। कटहरे देखि केही माथि रहेको पुलको बर्षौदेखि जीर्ण अवस्था छ भने पुल संगै जोडाएर जेसीभीले माटो हालेर मंन्जा खोलाको बगरमा अस्थायी रोड जीटीए बिभागबाट निर्माण गरेको थियो। बर्खाको समयमा गाडी घोडादेखि लिएर आम मानिसहरूलाई आउजाउ गर्न सुबिधा होस भनी अस्थायी रोड निर्माण गरेका थिए।उक्त रोडलाई ठूलो पानी पर्यो की बर्षै पछि बगाएर लान्छ। तराई क्षेत्रका मानिसहरूले २००३ को ८ जुलाई देखि यो पुल र यसै रोडको स्थाई समाधान को मांग गर्दै आएका हुनू । तर यो रोड र यो पुल चुनाव को समयमा राजनीतिक नेताहरूको मागी खाने भाँडो मात्र भईरहेको पनि तराईको जनता बनाउँछ। गत बुधबार परेको मुसलधारे पानीले रोड नै लाथालिङ्गै पारेर बगाए पछि अहिले पानीघट्टाको रोड भएर कटहरे हुँदै खोप्रेल नोला छोटाटिङलिङ पुटुङ र लोलागढ आउजाउ गर्ने सम्पूर्ण गाडीहरू बेलगाछीको रोड भएर कुद्नु पर्ने बाध्यता बनेको छ। सम्बन्धित निकायले यसलाई चाँडै स्थाई समाधान नगरे तराईको जनता सडकमा उत्रीएर बिरोध गर्ने बताएका छन्।
रोड नै चुडिए पछि
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025