मिरिक १४ जून ( निसं) तराई खण्डमा तापक्रम बडेपछि मानिसहरू गर्मीबाट राहत पाउन हाल मिरिक पर्यटन केन्द्रमा आइरहेकाे छ।तराई खण्डमा भन्दा मिरिककाे तापक्रम कम रहने अनि पानी पनि परिरहेकाेले मिरिककाे शितलतामा पर्यटकहरू रमाइरहेकाे देखिन्छ। वितेकाे केही दिनहरूमा मिरिक पर्यटन केन्द्रमा पर्यटकहरूकाे चहल पहल बडेकाे छ भने यहाँकाे हाेटल अनि रेस्टुरेन्टहरूमा पनि मानिसहरूकाे भीड देखिन्छ। समग्रमा भन्नू पर्दा हाल मिरिकमा पर्यटन माैसम चरममा रहेकाे छ।मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूकाेलागि हाल मिरिक झील परिससमा गुडरिक कम्पनीले निर्माण गरिदिएकाे बाल बघैचा मुख्य आकर्षण बन्न पुगेकाे छ।बाल बघैचामा पर्यटकहरूकाे नानीहरूलाई रमाइलाे गरिएकाे देखिएकाे छ।बालबघैचामा बाल बालिकाकाेलागि निर्माण गरिएकाे सामाग्रीहरूले बाल बालिकाहरूलाई आकर्शित बनाई रहेकाे छ। विहारबाट मिरिक पर्यटन केन्द्रमा घुम्न आएका एक दम्पतीले मिरिक पर्यटन केन्द्रमा विगतमा हामी आँउदा केवल ठूलाहरूलाई मनाेरन्जनकाे साधन देखेका थियाै।वर्तमानमा नानीहरूकाेलागि पनि बाल बघैचा निर्माण भएकाे देखेर अति नै खुशी लागेकाे बताए। उनीहरूले मिरिक पर्यटन केन्द्रमा बाल बघैचाकाे अभाव देखेका थियाै त्याे अब पूरा भएछ भन्दै मिरिक पर्यटन केन्द्र विगतकाे तुलनामा सफा र ब्यावस्थित भएकाे पनि अनुभाव गरेकाे बताए।
बालबघैचामा बाल बालिकाहरू रमाँउदै।
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Tushar De
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Tushar De
June 26, 2025